नबिल बैंकद्धारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 03:04:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नबिल बैंकले पलाँता गाउँपालिकासंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ । 

पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाँउपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरेका छन्। कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताका सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले प्रकाश पारेका थिए । अन्तर्कि्रयाको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएको जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको बैंकले जनाएको छ। कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।  

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved