पनौतीमा नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 05:31:46 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैंक Nepal Bank Limited खोपासी शाखाकोे सहकार्यमा बाल आदर्श मा.वि.खोपासीमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

पनौती नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए ।

कार्यक्रममा पनौती नगरपालिका मेयर भिम न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको सस्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाइ डिजिटल वित्तीय चेतना अभिबृद्घि गर्न डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेकोमा नेपाल बैंकलाइ हार्दिक धन्यबाद ज्ञापन गरे । 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले  खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउँदै बैंकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराएको र यसबाट लाभान्वित हुन सबैमा आग्रह गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved