एक सातामै वाणिज्य बैंकहरुमा थपियो ७ अर्ब निक्षेप, १४ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 01:37:12 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले बढेको छ । मङ्सिर १० गतेदेखि मङ्सिर १७ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ७ अर्बले बढेको हो ।  

नेपाल बैंकर्स एसोसिएसनका अनुसार मङ्सिर १० गते बैंकहरुको निक्षेप ४२ खर्ब १९ अर्ब रहेकोमा मङ्सिर १७ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप बढेर ४२ खर्ब २६ अर्ब पुगेको छ । यस अवधिमा विदेशी मुद्राको निक्षेप भने १ अर्ब घटेको छ । 

यस अवधिमा बैंकहरुले थप १४ अर्ब कर्जा प्रवाह गरेका छन्।  मङ्सिर १० गते बैंकहरुको कुल कर्जा प्रवाह ४० खर्ब ५५ अर्ब रहेकोमा मङ्सिर १७ गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब ६९ अर्ब पुगेको छ ।  यस अवधिमा १ अर्ब विदेशी मुद्राको कर्जा प्रवाह भएको छ ।  

यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९१.२४ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved