सपथ लिएपछि सिभिल बैंकका अध्यक्ष पाण्डेले भने 'सम्मानजनक मर्जरको लागि तयार छौ'

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 06, 2021 | 05:05:23 PM मा प्रकाशित

laxmi bank

 सिभिल बैंक Civil Bank Limited  का अध्यक्ष प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् ।  नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैंकका अध्यक्ष पाण्डेलाई आज सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन्।  

सपथ ग्रहपछि अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरेका छन्। बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने उनको भनाई थियो ।

बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत उनले राखेका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved