नबिलको 'डिजिबैंक पोर्टल' सार्वजनिक, भिकेवाइसी र भर्चुअल आई कार्डको सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 12:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले आधिकारिक रुपमा 'नबिल डिजिबैंक पोर्टल' सार्वजनिक गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकत अनिल केशरी शाहले आज आयोजित एक कार्यक्रम बिच नविल डिजिबैंक पोर्टलको सुरुवात गरेका हुन् ।

'नबिल डिजिबैंक पोर्टल' मार्फत् बैंकका ग्राहकहरूले एकद्धार (single window) मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जानाएको छ। ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको हो।

पोर्टल सुरुवात गर्दै सीइओ शाहले कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको बताए । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको र बैंकका विभिन्न उपलब्धी मध्ये नबिल डिजिबैंक पनि एक भएको उनले बताए।

बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न बैंकले अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरेको थियो । बैंकले आज नबिल डिजिबैंक पोर्टलमार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको जनाएको छ । नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट क्रेडिट कार्ड अन्रोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने भिकेवाइसी र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसंगै ग्राहकहरूसंग केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको छ । भीकेवाइसी छनोट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने बैंकले जनाएको छ।

त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैक एप भित्र इमबोस्ड गरिएको सेवा भएको बैंकले उल्लेख गरेको छ। जसको माध्यमबाट ग्राहकले सजिलैसंग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै ब्यालेन्स  टप-अप पनि गर्न सकिन्छ ।

बैंकका अनुसार ग्राहकको आवेदन अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैया बाहेका) ई-कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

कार्यक्रममा कार्यकारी प्रमुख शाहले यो नबिल बैंकको डिजिटल यात्राको सुरुवात मात्र भएको र अघि बढदै गर्दा हामीले नविल डिजिबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा मात्र उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसंग सहकार्य गर्दै बिल भक्तानी, यात्रा, खाना, किनमेल लगायत सुविधा समेत प्रदान गर्ने जानकारी गराए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved