वार्षिकोत्सवका अवसरमा एनसीसी बैंकले संचालनमा ल्यायो ४ निक्षेप खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 03:48:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले २५ औं वार्षिकोत्सवका अवसरमा ४ निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

बैंकले एनसीसी सिल्भर सेभिङ खाता, एनसीसी सुगम सिल्भर मुद्दती खाता, एनसीसी सिल्भर रेमिट सेभिङ खाता र एनसीसी सिल्भर रेमिट मुद्दती खाता संचालनमा ल्याएको हो । 

वार्षिकोत्सवका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ। बैंकले हालसम्म १६८ पटक रक्तदान गरेका बागबजारका प्रेम सागर कर्मचार्यलाई सम्मान पनि गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनलाई सम्मान गरेका हुन् । 

बैंकले हाल १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved