पल शाहको उपस्थितिमा एनएनबिको वित्तीय साक्षरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 06:10:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited का ब्राण्ड एम्बेसेडर रहेका अभिनेता पल शाहको उपस्थितिमा बैंकले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

बैंकले शनिबार मोरङको बुढीगंगा गाउपालिका स्थित टंकि सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियोे । सोही कार्यक्रममा लागि शाह विराटनगरमा उपस्थित भएको बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले बताए । 

शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो । जसरी शाहले अभिनय संगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसरी नै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको बताइएको छ ।

एनएमबि बैंकले सन् २००८ देखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ । “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डद्वारा सम्मानित एनएमबिलाई नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धिको रुपमा हेरिएको छ । 

यस भन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ ।

प्रदेश नं १ मा ३० र विराटनगरमा मात्रै ३ वटा शाखा भएको एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved