
बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited र लाइफ लाइन होम हेल्थ केयर प्रा. लि. बिच छुट सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाईनेछ ।
बैंकका ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउनुहुनेछ ।
बैंक अफ काठमाण्डूले ९१ शाखा, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।