एनएमबिको भिडीयो केवाईसी मार्फत खाता खोलेर पहिलो कारोवार गर्दा २५०० फाईदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 01:48:36 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबि बैंकले भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्नेलाई विभिन्न अफर ल्याएको छ । बैंकले ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ्ग) मार्फत गरिने पहिलो कारोवार जस्तै दैनिक उपभोग्य बस्तु खरिद, बिद्यायलको शुल्क, टप अप लगायतमा रु. २,५०० वा १० प्रतिशत सम्म छुट प्रदान गर्ने भएको हो । 

एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । 

 बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन् । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ' ।

एनएमबि बैंक एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी  ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । यस भन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved