एक सातामै वाणिज्य बैंकहरुको ५ अर्ब निक्षेप घट्यो, ८ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 04:30:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घटेको छ । मङ्सिर १७ गतेदेखि मङ्सिर २४ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ५ अर्बले घटेको हो ।  

नेपाल बैंकर्स एसोसिएसनका अनुसार मङ्सिर १७ गते बैंकहरुको निक्षेप ४२ खर्ब २६ अर्ब रहेकोमा मङ्सिर २४ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप घटेर ४२ खर्ब २१ अर्ब पुगेको छ । यस अवधिमा विदेशी मुद्राको निक्षेप ४ अर्ब घटेको छ । 

यस अवधिमा बैंकहरुले थप ८ अर्ब कर्जा प्रवाह गरेका छन्।  मङ्सिर १७ गते बैंकहरुको कुल कर्जा प्रवाह ४० खर्ब ६९ अर्ब रहेकोमा मङ्सिर २४ गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब ७७ अर्ब पुगेको छ ।   

यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९१.४९ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved