
सिद्धार्थ बैंक Siddhartha Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हाल बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका कंडेललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकले मङ्सिर २७ गते द्केही नै लागु हुने गरि कंडेललाई ४ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमको कार्यकाल सकिएपछि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । गौतमको कार्यकाल साउन २५ गतेदेखि सकिएको थियो । साउन २६ गतेदेखि लागु हुने गरि कँडेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । अब भने उनी ४ वर्षको लागि सीइओ भएका छन्।