सिटिजन्स बैंकका ग्राहकलाई स्र्पश मल्टि स्पेसालीटि हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 04:58:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले वीरगन्जस्थित स्र्पश मल्टि स्पेसालीटि हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच समझदारी भएपछि सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले छुट पाउने भएका हुन् । 

हालसम्म बैंकको कार्ड नभएका  ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकले हाल १७४ शाखा,  १२३ वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved