बैंक, विकास बैंक र फाइनान्सले गरे ब्याजदर नबढाउने भद्र सहमति, मङ्सिर कै दरलाई निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 11:22:43 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुबिच ब्याजदर नबढाउने भद्र सहमति भएको छ । नेपाल बैंकर्स संघले ब्याजदर बढाउँदा पनि निक्षेप नबढेकोले पुस महिनाको लागि ब्याजदर नबढाउने सहमति गरेको हो ।

ब्याज नबढाउने सहमति भएसंगै पुस महिनाको लागि मङ्सिर महिना कै ब्याजदरले निरन्तरता पाउने भएको छ । ब्याज बढाउँदा निक्षेप पनि नबढ्ने र लागत मात्रै बढिरहेकाले ब्याजदर घटाउन सीईओहरुको लबिङ सुरु भएको समाचार यस अघि बिजपाटीले प्रकाशन गरेको थियो  ।

यस संगै अब पुस महिनाको लागि पनि  बाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम राख्ने छन् ।  १०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्। केहि बैंकहरुले पुसको लागि ब्याजदर प्रकाशन गरिसकेका छन्  । जसमा स्ट्याण्डर्ड चार्टड बैंकले मङ्सिरको ब्याजदर घटाएर पुसको लागि ब्याज प्रकाशन गरेको छ  । त्यस्तै बैंकर्स संघको पहलमा विकास बैंकहरु र फाइनान्सहरुले पनि ब्याजदर नबढाउने भएका छन्  । उनीहरुले पनि मङ्सिर कै ब्याजदरलाई निरन्तरता दिने भएका छन्  । 

राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने ब्यबस्था गरेको छ।  राष्ट्र बैंकले ब्याजदर बढाउँन सक्ने ब्यबस्था गरेपनि बैंक तथा वित्तीय संस्थाले भने मङ्सिर महिना कै ब्याजदरलाई निरन्तरता दिने भएका हुन्  । 

यस संगै राष्ट्रिय विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर अधिकतम १०.२५ प्रतिशतसम्म र साधारण बचतको न्युनतम ब्याज ५.२५ प्रतिशतसम्म कायम गर्ने सहमति भएको स्रोतले जनाएको छ । त्यस्तै क्षेत्रिय स्तरका विकास बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.३० प्रतिशत र साधारण बचतको न्युनतम ब्याज ५.३० प्रतिशतसम्म कायम गर्ने सहमति भएको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved