सिटिजन्स बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
यस अघि बैंकले प्रधान कार्यालयबाट मात्रै यस्तो सेवा दिँदै आएको थियो ।
सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।