
नेपाल बैंकले लुम्विनी प्रदेशका सवै जिल्लाहरुमा एकै साथ डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराइ डिजिटल बैकिङका प्रविधिहरुमा बिद्यार्थीहरुलाई अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले लुम्विनी प्रदेशका १२ जिल्लाका ३३ शाखाहरुमार्फत उक्त कार्यक्रमहरु संचालन गरिएको थियो ।
एकै साथ संचालित कार्यक्रममा ३ हजार भन्दा बढी बिद्यार्थीहरुलाइ वित्तीय साक्षरता सम्बन्धि ज्ञानमुलक जानकारी, नेपाल बंैकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्का विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो ।
रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्वन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले बिद्यार्थीहरुको हीतलाई ध्यानमा राखेर विभिन्न अफर सहितका आधुनिक सेवा सुविधा ल्याईरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने जानकारी गराए ।
अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंकले हाल २१३ शाखा, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।