राष्ट्र बैंकका प्रवक्ता फेरिए, डा. भट्टलाई जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 10:44:24 AM मा प्रकाशित

laxmi bank

नेपाल राष्ट्र बैंकका प्रवक्ता फेरिएका छन्  । नेपाल राष्ट्र बैंकले आज पुस १ गतेदेखि लागु हुने गरि बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा. गुणाकर भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका डा. भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।

यस अघि बैंकको प्रवक्तामा नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल रहेका थिए । ढकाल भन्दा अघि भने डा. भट्ट नै प्रवक्ता थिए । राष्ट्र बैंकको सूचना अधिकारी तथा सहायक प्रवक्ताको रुपमा भने नारायण प्रसाद पोखरेल यथावत छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved