साउथ वेस्टर्न स्टेट कलेजमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 04:00:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले काठमाण्डौको बसुन्धरा स्थित साउथ वेस्र्टन स्टेट कलेजमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बिहिबार कलेजका बिधार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको हो ।

 उक्त कार्यक्रममा राष्ट्रिय आविश्कार केन्द्रका संचालक तथा नेपाल बैंक लिमिटेडका ब्राण्ड एम्वासडर महावीर पुन सहभागी भएका थिए । कार्यक्रममा  करिब २०० बिद्यार्थीहरु सहभागि भएको र कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बंैकले लागू गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्ग प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको बैंकले जनाएको छ।

प्रमुख अतिथि महाविर पुनले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक बिधार्थी उद्यमशिल बन्नुपर्ने आजको आवश्यकता रहेको बताए । राष्ट्रिय आविश्कार केन्द्रले उद्यमी बन्न चाहने विधार्थीलाइ सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।  कार्यक्रमका सभापति तथा कलेजका प्रिन्सिपल डा. राजेन्द्र के.सी.ले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाइ धन्यबाद दिंदै बिधार्थीहरुले यस कार्यक्रमबाट बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त गरे ।

नेपाल बैंकका प्रमुख प्रशासकिय अधिकृत तथा प्रवक्ता  प्रकाशकुमार अधिकारीले नेपाल बैंक र सााउथवेस्र्टन स्टेट कलेज बिच आगामि दिनमा थप सहकार्य गरि अगाडि बढ्न सकिने बताए । कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलले डिजिटल बैंकिङ्ग सम्बन्धि प्रस्तुतीकरण दिएका थिए ।

  ८५ औ बर्ष प्रवेश गरेको  बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम, र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved