बैंकहरुलाई राष्ट्र बैंकले दियो ३ बुँदे निर्देशन: सिडी रेसियोको सीमा कार्यन्वयनको योजना पेश गर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 04:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बेनक तथा वित्तीय संस्थाहरुलाई ३ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले ब्यबस्था गरेका विषय कार्यन्वयनको लागि ३ बुँदे निर्देशन जारी गरेको हो । 

जस अनुसार राष्ट्र बैंकले कर्जा अवधि भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने ब्यबस्था गरेको छ । यसवाहेक अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने  भएको छ 

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्यांकनकर्ता सूचीकृत गर्दा मुल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने ब्यबस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्याङ्कन गराउँदा मूल्याङ्कनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरु समेतका आधारमा धितोको मूल्याङ्कन गरेको यकीन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (Credit-Deposit Ratio) तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्ने  ब्यबस्था गरेको छ। यसका लागि तोकिएको

कर्जा–निक्षेप अनुपात (Credit-Deposit Ratio) को अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने भएको छ । २०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved