भुक्तानी कार्य गर्ने संस्थालाई अन्तराष्ट्रिय मापदण्डको पालना गर्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 03:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थालाई अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ । राष्ट बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले  भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई Payment Card Industry - Data Security Standards (PCI-DSS), EMV Standard, EMV Contactless Standard जस्ता अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ 'कार्डमार्फत् भुक्तानी कारोबार सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले कारोबार तथा कार्डसँग सम्बन्धित संवेदनशील सूचनाको सुरक्षाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार Payment Card Industry - Data Security Standards (PCI-DSS), EMV Standard, EMV Contactless Standard जस्ता अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गरेको हुनुपर्नेछ ।'




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved