खोटाङको रावावेशीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 04:27:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  ले खोटाङको रावावेशी गाउँपालिका वडा न.१ हरमटारमा शाखा सञ्चालनमा ल्याएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उक्त शाखाको उद्घाटन गरेका हुन् । 

बैंकको यो २५७औं शाखा हो ।

बैंकको प्रदेश न. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा रावावेशी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौला, खोटाङका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, दुधकोशी जलाशय युक्त जलविद्युत आयोजनाका प्रमुख बसन्त श्रेष्ठ लगायतको उपस्थिति थियो । 

बैंकले हाल २५७ शाखा, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved