इसेवा र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 01:01:40 PM मा प्रकाशित

laxmi bank sanima

इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  बीच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

सम्झौता पत्रमा इसेवामनीका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरे ।

सम्झौताअन्तर्गत, अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स्,  राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैंकिंग केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टर बाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभरी रहेका इसेवामनी ट्रान्सफरका १० हजार भन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ। 

यसैगरी, चाँडै नै, राष्ट्रिय वाणिज्य बैंकका खाता भएकाले यस बैंकको मोबाइल एप अर्थात आर.बि.बि स्मार्ट प्रयोग गरेर देश तथाविदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । साथै, मोबाइल एपबाट इसेवामनी ट्रान्सफरको रेमिट्यान्स् सेवाप्रयोग गरेर देशभरी आन्तरिक रेमिट्यान्स् पठाउन समेत सकिनेछ ।

इसेवामनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवामनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट समुहको भगिनी कम्पनी हो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आधाशताब्दीभन्दा बढी समयदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले २६० शाखाहरुबाट सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved