
सिद्धार्थ बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पौष ७ गते देखि क्यासब्याक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले डेबिट कार्ड, के्रडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ ।
यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु १००), दसौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम रु १५०) र पन्ध्रांै कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु २५०) नगद क्यासब्याक पाउन सक्नेछन् ।
यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्पm आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।