२ र ६ प्रतिशतको हिसाब बुझाउदै गभर्नरले भने 'सीसीडी रेसियो भन्दा सीडी नै ठिक' (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 08:52:32 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियोको ठाउँमा सीडी रेसियो ब्यबस्था नगरेको भए अहिलेको अवस्था झन् खराब हुने बताएका छन् । राष्ट्र बैंकले आज आर्थिक पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले प्रतिशतको हिसाब नै निकालेर राष्ट्र बैंकले लिएको कदम ठिक रहेको बताएका हुन् । 

उनले अहिले राष्ट्र बैंकले सीसीडी रेसियोलाई पनि हेरिरहेको बताएका हुन्। उनका अनुसार राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशत कायम गरेको थियो । पछि कोभिडको समयमा त्यसलाई ८५ बनाईएको उनले बताए । उनले हालको सीसीडी रेसियो ९१ प्रतिशत रहेको बताए । उनले भने 'सीसीडी रेसियो ८५ प्रतिशत हुनु पर्थ्यो, तर अहिले ९१ प्रतिशत रहेको छ, अर्थात् ६ प्रतिशत नियामकीय निर्देशन भन्दा बाहिर रहेको छ। हाल सीडी रेसियो ९० प्रतिशत कायम राख्नु पर्छ भन्ने छ, ९२ प्रतिशतसम्म पुगेको छ, अर्थात् २ प्रतिशत मात्र नियामकीय निर्देशन भन्दा बाहिर छ, तर अझै हामीले यसलाई आगामी असारसम्ममा ९० प्रतिशतमा ल्याउन भनेका छौ, २ प्रतिशत नन कम्प्लायान्स छ, तर त्यसलाई पनि अहिले  नन कम्प्लायान्स भनेका छैनौ' । 

उनले हाल देखिएको तरलता अभाव समाधान गर्नको लागि राष्ट्र बैंकले काम गरिरहेको बताए । हिजो मात्र  राष्ट्र बैंकले ९२ अर्ब पुनर्कर्जा स्वीकृति गरेको र यो महिना ४० अर्ब पुनर्कर्जा बजारमा जाने बताए। 

उनले राष्ट्र बैंकले आयात रोक्न नसक्ने भए पनि आफ्नो कार्यक्षेत्रमा रहेको एलसी मार्फत नियमन गरेर आयातलाई निरुत्साहित मात्र गरेको बताए। उनले अब नचाहिने सामान ल्याएर स्टोर गर्ने प्रबित्ति रोकिने र डिमाण्ड भए पछि मात्र  सामान आउने बताए । 

उनले राष्ट्र बैंकले लिएका नीतिले नकरात्मक प्रभाव परेमा ति नीतिलाई आवश्यकता अनुसार पुनरावलोकन गरिने बताए । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved