भुक्तानी सम्बन्धि विवरण हरेक महिनाको ७ गते भित्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 03:55:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई तथ्यांकको प्रतिवेदनहरु ७ गते भित्र बुझाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आफ्नो कारोबार समबन्धि विवरणहरु मासिक रुपमा अर्को  महिनाको ७ गते भित्र राष्ट्र बैंकमा पठाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहकहरू तथा विद्युतीय कार्डको विवरण, E-banking कारोबार सम्बन्धी विवरण, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाबमिलान विवरण, भुक्तानी सेवा प्रदायकको ग्राहक सम्बन्धी विवरण,  भुक्तानी प्रणाली सञ्चालकको कारोबार सम्बन्धी विवरण, भुक्तानी प्रणाली सञ्चालकको सफल र असफल कारोबार समबन्धि विवरण, भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्बन्धी कारोबारको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण र क्लियरिङ्ग हाउस बाट भएका कारोबारका विवरण महिना समाप्त भएपछि अर्को महिनाको ७ गते भित्र बुझाउन निर्देशन दिएको हो।

त्यस्तै शाखा रहित बैंकिंग केन्द्रको विवरण र एटिएम मेसिन रहेको स्थानको विवरण संचालन भएको ७ दिन भित्र बुझ्न राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज बिहिबार यस्टो निर्देशन दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved