पुष लागेपछि निक्षेपमा सुधार, २७ अर्बले निक्षेप बढ्दा कर्जा ७ अर्ब मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 04:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पुष लागेपछि बैंकिंङ प्रणालीमा निक्षेपमा सुधार देखिएको छ। पुष लागेपछि पुषको ६ गतेसम्म निक्षेप १७ अर्बले बढ्दा कर्जा प्रवाह मात्रै ७ अर्ब रुपैयाँले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

मङ्सिर मसान्तसम्म निक्षेप र कर्जा परिचालनमा तात्विक रुपमा ठुलो अन्तर नभएपनि पुस लागेपछि बैंकिंङ प्रणालीमा निक्षेपको मात्रा बढ्दै गएको देखिएको छ भने कर्जाको मात्रा तुलनात्मक रुपमा घटेको देखिन्छ।   

यस अवधीसम्म समग्र बैंकिंङ प्रणालीमा निक्षेप ११६ अर्ब जम्मा भएको छ भने ४३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। रेमिट्यान्सको आउने 'फ्लो' घट्दा आयातको मात्रा बढ्न गएकाले कर्जाको माग बढ्न गई निक्षेप र कर्जा परिचालनबीचको सन्तुलन बिग्रिएको नेपाल राष्ट्र बैंकको बुझाई रहेको छ। 

तरलता र बिदेशी मुद्रा संचितिमा दबाब पर्नुको प्रमुख कारणमा आयातमा भएको वृद्धि रहेको नेपाल राष्ट्र बैकको बुझाई रहेको छ। गभर्नर महाप्रसाद अधिकारीले पनि आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा समेत यस्तो बताएका छन्। 

तरलता र बिदेशी मुद्रा संचितिमा दबाब परेकै कारण केहि समयका लागि बस्तुहरु नै तोकेर आयातमा कडाई गर्न खोजिएको राष्ट्र बैंकको भनाई छ।बस्तु अनुसार कसैलाई शतप्रतिशत र केहिलाई ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले नेपालमा जुन जुन बस्तुको आवश्यकता छ त्यहि अनुसार मात्रै आयात गर्ने परम्परा बस्ने राष्ट्र बैंकको बुझाई छ। 

त्यस्तै तरलता व्यवस्थापनकै लागि नेपाल राष्ट्र बैंकले पुष ५ गतेमात्रै ९२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ। जसमध्ये ५२ अर्ब रुपैयाँ मात्रै यहि साता बैंकिंङ प्रणालीमा आउने र बाँकी ४० अर्ब रुपैयाँ पनि यो महिनाको अन्तिममा बैंकिंङ प्रणालीमा आउने राष्ट्र बैंकले जनाएको छ।       

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved