ग्लोबल आइएमई बैंकद्वारा १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 07:18:35 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित सुरुभएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गरिसकेको बैंकले जनाएको हो । 

बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, वागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदुरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । उक्त अभियान आगामि हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरी समापन गरिने बैंकले उल्लेख गरेको छ ।

यस्ता साक्षारता कार्यक्रमहरु आयोजना गरी बैंकले बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभीयानको रुपमा चलाएको हो । स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि  बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved