आजबाट ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, यस्ता छन् ११ वटा विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 09:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

नेपाल राष्ट्र बैंकले आज पुस ९ गतेदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीको लागि बजारमा ल्याएको छ । बैंकले  साविककै आकार तथा रङ्गमा, सङ्केत नं. छ/६८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नोट आज ९ गतेदेखि चलनचल्तीमा ल्याएको हो।

नोटमा निम्न विशेषता भएको राष्ट्र बैंकले जनाएको छ ।

नोटको अग्र भागमा :

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको।

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।

३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको।

४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “वि.सं. २०७७" लेखिएको ।

५. ३.५ मि.मी. चौडा भएको रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) सुरक्षण धागो रहेको ।

६. सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) कुबेरको चित्र रहेको ।

७. लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरू रहेको।

नोटको पछाडी भागमा

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK" लेखिएको।

२. नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको ।

३. नोटको तल्लो भागमा अंग्रेजीमा “RUPEES FIVE HUNDRED" लेखिएको ।

४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा "2020 A.D." लेखिएको।

यस अघि मिति २०७५ साल बैशाख महिना १२ गतेदेखि Series २०७३ रुपैयाँ ५०० दरको बैंकनोट सङ्केत नं. ८/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ङ/ ४६ ०००००१ देखि छ। ३७ ९९९९९९ सम्म मात्र चलनचल्तीमा ल्याइएको पनि राष्ट्र बैंकले जनाएको छ । नोट राष्ट्रको सम्पति भएकोले यसको जतन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved