
२७ वटा वाणिज्य बैंक मध्ये २५
वटाले पुस मसान्त भित्र नै आर्थिक वर्ष ७७/७८ को साधारणसभा सम्पन्न गर्ने भएका छन् । एनआईसी एसिया र हिमालयन बैंक बाहेक सबै वाणिज्य बैंकले पुस
मसान्त भित्र नै साधारणसभा सम्पन्न भएका हुन् । १४ वटा बैंकले भने साधारणसभा सम्पन्न गरिसकेका छन् ।
एनआईसी एसिया र हिमालयनले आज पुस
९ गते भित्र साधारणसभा आह्वानबारेको सार्वजनिक सूचना निकालेका छैनन् । साधारणसभा हुनु भन्दा कम्तिमा २१ दिन अगाडी सभाको सूचना
निकाल्नु पर्ने ब्यबस्था छ । यस
हिसाबमा अब यी बैंकको साधारणसभा पुस मसान्तसम्ममा सकिने सम्भावना टरेको हो । आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सक्नु पर्ने
ब्यबस्था छ । यी २
बैंकले भने सो ब्यबस्था उल्लघन गर्ने भएका हुन् ।
हालसम्म सानिमा
बैंक, नेपाल बैंक, प्राइम बैंक, सिटिजन्स
बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक , नेपाल बंगलादेश बैंक, बैंक अफ
काठमाडौँ , माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक,
स्ट्यान्डर्ड चार्टर्ड बैंक, मेगा बैंक, लक्ष्मी
बैंक, एभेरेष्ट बैंक र कुमारी बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् ।
हेर्नुस वाणिज्य बैंकहरुको लाभांश, बुक क्लोज
मिति र साधारणसभाको मिति ।