‘कामना सेवा फुटसल कप २०२१’ को उपाधी सिद्धार्थ बैंकलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 06:42:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले पुष ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिता ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि सिद्धार्थ बैंकले जितेको छ । 

शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा दुई दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिसप्रधि टिमलाई हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो । 

निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एक गोलले बिजयी भएको हो । 

प्रतियोगितामा सिद्धार्थ बैंकका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थ बैंककै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved