प्रणालीमा बढेपनि कमर्शियल बैंकहरुमा निक्षेप घट्यो, कर्जा लगानी ३ अर्बले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 02:24:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पुष लागेपछि समग्र बैंकिंङ प्रणालीमा तरलता बढेपनि कमर्शियल बैंकमा निक्षेप घटेको छ भने कर्जा प्रवाह तुलनात्मक रुपमा बढेको छ। कमर्शियल बैंकहरुमा निक्षेप ४ अर्बले घटेको छ भने कर्जा प्रवाह ३ अर्बले बढेको छ। 

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार पुषको पहिलो एक हप्तामा अर्थात पुष २ गतेदेखि ९ गतेसम्म निक्षेप ४ अर्बले घटेर ४२ खर्ब ३९ अर्बबाट घटेर ४२ खर्ब ३५ अर्बमा झरेको छ भने कर्जा लगानी ३ खर्बले बढेर ४० खर्ब ८५ अर्बबाट ४० खर्ब ८८ अर्ब पुगेको छ। 

पुष लागेपछि पुषको ६ गतेसम्म समग्र बैंकिंङ प्रणालीमा निक्षेप १७ अर्बले बढ्दा कर्जा प्रवाह मात्रै ७ अर्ब रुपैयाँले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

पुष ६ गतेसम्म समग्र बैंकिंङ प्रणालीमा निक्षेप ११६ अर्ब जम्मा भएको छ भने ४३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। रेमिट्यान्सको आउने 'फ्लो' घट्दा आयातको मात्रा बढ्न गएकाले कर्जाको माग बढ्न गई निक्षेप र कर्जा परिचालनबीचको सन्तुलन बिग्रिएको नेपाल राष्ट्र बैंकको बुझाई रहेको छ। 

तरलता र बिदेशी मुद्रा संचितिमा दबाब परेकै कारण केहि समयका लागि बस्तुहरु नै तोकेर आयातमा कडाई गर्न खोजिएको राष्ट्र बैंकको भनाई छ।बस्तु अनुसार कसैलाई शतप्रतिशत र केहिलाई ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले नेपालमा जुन जुन बस्तुको आवश्यकता छ त्यहि अनुसार मात्रै आयात गर्ने परम्परा बस्ने राष्ट्र बैंकको बुझाई छ। 

त्यस्तै तरलता व्यवस्थापनकै लागि नेपाल राष्ट्र बैंकले पुष ५ गतेमात्रै ९२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ। जसमध्ये ५२ अर्ब रुपैयाँ मात्रै यहि साता बैंकिंङ प्रणालीमा आउने र बाँकी ४० अर्ब रुपैयाँ पनि यो महिनाको अन्तिममा बैंकिंङ प्रणालीमा आउने राष्ट्र बैंकले जनाएको छ।      

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved