आज ४ घण्टा एभरेष्ट बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 09:03:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको मोबाइल बैंकिङ सेवा ४ घण्टा अवरुद्द हुने भएको छ। मोबाइल बैंकिङ्ग सेवाको स्तरोन्नती गर्नु पर्ने भएकोले पौष १३ गते बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि बैंकको मोबाइल बैंकिंग सेवा अवरुद्ध रहने बैंकले जनाएको हो। 

बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैंकिंग (EBL Touch 24 Mobile Banking App) सेवालाई परिमार्जित गरी ग्राहकलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उपरोक्त सेवालाई इबीएल ओम्नी च्यानल (EBL Omni Channel) प्रणालीमा स्तरोन्नती गर्न लागेको उल्लेख गरेको छ । 

बैंकले जारी गरिएको सूचनामा भनिएको छ 'यस बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैंकिंग (EBL Touch 24 Mobile Banking App) सेवालाई परिमार्जित गरी ग्राहक महानुभावहरुलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उपरोक्त सेवालाई इबीएल ओम्नी च्यानल (EBL Omni Channel) प्रणालीमा स्तरोन्नती गर्न लागेकोले सो प्रयोजनको लागि मिति २००८ पौष १३ गते बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि यस बैंकको मोबाइल बैंकिंग सेवा अवरुद्ध रहने व्यहोरा जानकारी गराउन चाहन्छौं । यसबाट मोबाइल बैकिङ्ग सेवा प्रयोगकर्ता हाम्रा सम्पुर्ण ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved