१२ हाइड्रो सहित ९१ कम्पनीको लागि ५ प्रतिशत ब्याज मै ११ अर्ब पुनरकर्जा स्वीकृत (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 01:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आ.व. २०७८÷७९ को मंसिर मसान्त सम्ममा  ११ अर्ब ८४ करोड बराबरको  पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकले २ अर्ब ४५ करोडको विशेष पुनरकर्जा  र ९ अर्ब ३८ करोड बराबरको साधारण पुनरकर्जा स्वीकृत गरेको हो । राष्ट्र बैंकले १५ ऋणीको लागि विशेष पुनरकर्जा र ७६ ऋणीको लागि साधारण पुनरकर्जा स्वीकृत गरेको हो

  विशेष पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने  बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन। त्यस्तै साधारण  पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन। 

 राष्ट्र बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गलेसक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिन्छ।

कुल ११ अर्ब ८४ करोड पुनरकर्जा मध्ये सबै भन्दा बढी पर्यटन क्षेत्रमा स्वीकृत भएको छ । पर्यटन क्षेत्रमा ५१.९७ प्रतिशत अर्थात् ६ अर्ब १७ करोड स्वीकृत भएको हो । त्यस्तै जलविद्युत क्षेत्रमा १९.९१ प्रतिशत अर्थात् २ अर्ब ३५ करोड, उत्पादनमुलक क्षेत्र १६.६८ प्रतिशत अर्थात् १ अर्ब ९७ करोड, शिक्षा क्षेत्रमा ७.२२ प्रतिशत अर्थात् ८५ करोड ४९ लाख, यातायात क्षेत्रमा २.०७ प्रतिशत अर्थात् २४ करोड ५३ लाख , अस्पताल क्षेत्रमा १.६९ प्रतिशत अर्थात् २० करोड, र कपडा क्षेत्रमा ०.४६ प्रतिशत अर्थात् ५ करोड ४७ लाख स्वीकृत भएको छ । 

कुल स्वीकृत कर्जा मध्ये सबै भन्दा धेरै प्रदेश ३ मा ४७.८६ प्रतिशत अर्थात् ५ अर्ब ६६ करोड स्वीकृत भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा २२.६६ प्रतिशत, प्रदेश १ मा १२.८७ प्रतिशत, गण्डकी प्रदेशमा ११.६२ प्रतिसत, प्रदेश २ मा ४.१६ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ०.८३ प्रतिशत कर्जा स्वीकृत भएको छ । 

यी हुन् पुनरकर्जा स्वीकृत भएका १२ हाइड्रो कम्पनी : 

घलेम्दी हाइड्रो: २० करोड, 

सुरी खोला हाइड्रो: २० करोड, 

विकास हाइड्रोपावर: २० करोड 

युनियन हाइड्रो : ९.८७ करोड, 

युनिक हाइडेल : १६.१३ करोड 

नेपाल हाइड्रो डेभलपर : २० करोड 

विन्ध्यवासिनी हाइड्रो: २० करोड 

सानिमा हाइड्रो: १२.४० करोड 

अपर हेवा खोला हाइड्रो : २० करोड 

मन्दाकिनी हाइड्रो : १७.३१ करोड 

माईखोला हाइड्रो : २० करोड 

सुपर माई हाइड्रो : २० करोड 

सबै ९१ ऋणीको सुची हेर्न यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved