इन्भेष्टमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, हिमालयनसँग मर्ज हुनको लागि १२ प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 10:31:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । हिमालयन बैंक अंगको मर्जर प्रस्ताव पारित गर्नको लागि इन्भेष्टमेन्ट बैंकले माघ ४ गते विशेष साधारणसभा आह्वान गरेको हो । 

बैंकले भर्चुअल रुपमा सभा आह्वान गर्न लागेको हो । विशेष साधारणसभामा हिमालयन बैंकसँग मर्ज हुने विशेष प्रस्ताव र सो समबन्धित विभिन्न १ दर्जन प्रस्ताव पेश हुने छन् 

यस्ता छन् बैंकको विशेष साधारणसभामा पेश हुने प्रस्तावहरु : 

१. नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकापसमा गाभ्न गाभिने मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

२. नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकापसमा गाभ्ने गाभिने मर्जर प्रयोजनको लागि मूल्याइनकर्ता टीआर उपाध्याय एण्ड कम्पनी (T.R. Udadhaya & Company). चार्टड एकाउन्टेष्टसले तयार गरेको दर संस्थाको चल-अचल सम्पत्ति तथा दायित्व मूल्याइन प्रतिवेदन |Due Diligence Audit (DDA)] तथा अन्य सम्बद व्यवस्था समेतका आधारमा निधारण गरिएको शेयर स्वाप रेसियो १ बराबर १ हुने गरी एक आपसमा गाभ्न गाभिने मर्जर गर्ने कार्यलाई अन्तिम याकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

३. नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेडकआपसमा गाभ्ने गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमादन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

४. नेपाल इन्भेष्टमेण्ट बैक लि. हिमालयन बैंक लिमिटेड एकापसमा गाभ्ने गाभिने मर्जर प्रयोजनको लागि दुवै संस्थाको चल-अचल सम्पत्ति तथा दायित्व मल्याइन प्रतिवेदन |Due Diligence Audit (DDA)I गर्न नियुक्त गरेका लेखापरीक्षक मल्याइनकताको नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने ।

५. नेपाल इन्भेष्टमेण्ट बैंक लि.र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभ्न गाभिने मर्जर प्रयोजनको लागि भएको सम्झौता वमोजिम सो को आवश्यक स्वीकताका लागि नियमनकारी निकायहरूमा निवेदन गर्न र मर्जरसंग सम्बन्धित प्रचलित कानून, निर्देशनहर बमोजिम अपनाउन पर्ने तथा गन पर्ने सम्पूर्ण आवश्यक कार्यहरु एव प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरे वमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलब्ध गर्ने गराउने, मर्जर गर्ने कार्यसंग सम्बन्धित गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न लगायतका आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने।

६. नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभिए मजर पश्चात् बैंकका प्रबन्धपत्रको दफा १ तथा नियमावलीको नियम १ लगायत सम्बन्धित दफा , नियममा समेत संशोधन गरी बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (Himalayan and Nepal Investment Bank Limited) हुने गरी संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

७. नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभिए मजर पश्चात् दुवै संस्थाको जारी पूजी लथा चुक्ता पूजी समेत जोडि जारी पुँजी तथा चुक्ता पूजी कायम हुने हुदा सो को लागि मर्जर पश्चात् बन्ने वैकको अधिकृत पुजी, जारी पूजी तथा चुक्ता पूजी वृद्धि गर्ने गरी वैकको प्रवन्धपत्रको दफा ५ का, ५ ख र ग मा संशोधन गरी अधिकृत पूजी, जारी पूजी तथा चुक्ता पूजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

८. नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभिए मर्जर पश्चात बैकको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत समेत फेरबदल हुने हुदा सोहि बमोजिम वैकको प्रबन्धपत्रको दफा ५(ङ) मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

९. नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकआपसमा मर्जरको कारणले दुवै सस्थाका प्रवन्धपत्रमा भएको व्यवस्थाहरुको मिलान गरी आवश्यक व्यवस्था गर्न पर्ने हुदा यस बैंकको प्रबन्धपत्रको दफाहरुमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने।

१०. नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकआपसमा मर्जरको कारणले दुबै सस्थाको नियमावलीमा भएको व्यवस्थाहरुको मिलान गरी आवश्यक व्यवस्था गर्नु पर्ने हुदा बैंकको नियमावलीको नियमहरु संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने।

११.नेपाल इन्भेष्टमेण्ट बैक लि. र हिमालयन बैंक लिमिटेड एकआपसमा मर्जरको कारणले मर्जर पछि बन्ने बैंकको प्रवन्धपत्र तथा नियमावलीको कुनै दफा नियममा  अन्य कुनै धप वा संशोधन गर्न पर्ने भएमा सो मुताविक गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने ।

१२. प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने थप सशोधनहरुमा नियमनकारी निकायहरूले फेरबदल गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नुपर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved