होटल सिराइचुलीमा एनसीसी बैंकका ग्राहकलाई विशेष छुट प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 06:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंकका ग्राहकके  होटल सिराइचुलीमा विशेष छुट पाउने भएका छन् ।  एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको हो ।

बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । सम्झौता अनुसार होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । 

हाल सम्म एनसीसी बैंकको कार्ड नभएका गा्रहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ ।   बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved