राष्ट्र बैंकलाई सीबीफिनको १२ बुँदे सुझाव: संस्थापक सेयर पनि साधारणझैँ कारोबार गर्न पाउनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 03:18:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय सँस्थाका संचालकहरुको संगठन 'बैंक तथा वित्तीय सँस्था परिसंघ नेपाल 'सिबिफिन' ले नेपाल राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा बैंक वित्तीय सँस्थाहरुको अवस्था, उनीहरुको भूमिका, कार्यक्षेत्र, योगदान, समस्या एवम चुनौती सहितका बिषयहरु उल्लेख भएको सिबिफिनले जनाएको छ। 

सीबीफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहकाअनुसार उक्त प्रतिवेदन सीबीफिन कार्यसमितिका उपाध्यक्ष राजेश उपाध्यक्षको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको हो। शाह मेगा बैंकका अध्यक्ष हुन् भने उपाध्यय महालक्ष्मी विकास बैंकका अध्यक्ष हुन्। सीबीफिनले उक्त प्रतिवेदन यहि पुष १३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पेश गरेको हो। 

प्रतिवेदन नेपालको आधुनिक बैंकिंङ विकास, बैंक तथा वित्तीय सँस्थाहरुको भूमिका, योगदान र औचित्य, बैंक तथा वित्तीय क्षेत्रले ब्योहोरेका समस्या एवं चुनौती र समधानका लागि सुझाईएका उपायहरुका बारेमा जानकारी र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय लिन सहयोगी र उपयोगी हुने सीबीफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले बताए। 

सिबिफिनले बैंक वित्तीय सँस्थाको विकास एवं सुधार, अर्थतन्त्रको सबलीकरण र समग्र पेशा एवं व्यवसाय सहित आम जनजीविकाको स्तरोन्नतिका लागि नियामक निकाय, सरोकारवाला पक्ष र आम संचार जगतसँग समन्वय तथा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने शाहले बताए। 

उत्पादनमुलक क्षेत्रमा कर्जा वृद्धि गर्नु पर्ने, अभिप्रेरित गर्ने गरि मर्जर तथा प्राप्त सम्बन्धित नीति आउनुपर्ने, सहकारीको नियमन र सुपरिवेक्षण गर्नुपर्ने, पेमेन्ट सर्भिस प्रोभाईडर को नियमन गर्नुपर्ने, उर्जा जस्तो दिर्घकालिन लगानीलाई निर्देशित कर्जा लगानी अन्तर्गत नराख्ने, स्प्रेड रेटको दर नराख्ने, तोकिएको क्षेत्रमा तोकिएको भन्दा बढी कर्जा प्रवाह गर्नेलाई प्रोत्साहन गर्ने, साधारण सेयर जस्तै दोस्रो बजारमा संस्थापक सेयर पनि बिक्रि गर्न मिल्ने बनाउने, फर्म कम्पनीहरुलाई झैं २५ प्रतिशत आयकर लगानुपर्ने जस्ता सुझाबहरु सीबीफिनले  राष्ट्र बैंकलाई दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved