एनएमबि बैंकका ग्राहक र कर्मचारीले धुलिखेलस्थित हिमालय दृश्य होटलमा छुट पाउने भएका छन् ।
बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशतसम्म छुट पाउने छन् ।
सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ्ग बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंकले हाल २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।