बंगलादेश बैंकको सेयर बिक्रि गर्न प्रारम्भिक सम्झौता, नेपालको नियामकलाई पत्तो छैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 08:59:08 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स बैंक लिमिटेड, आईएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर सम्भावित खरिदकर्तासँग हस्ताक्षर भईसकेको जनाएको छ। 

आईएफआईसीले त्यहाँको स्कट एक्सचेन्जलाई नेपालमा रहेको नेपाल बंगालदेश बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्रिको लागि सम्भावित खरिदकर्तासँग हस्ताक्षर भईसकेकोबारे जानकारी गराएको हो। 

आईएफआईसीले डिसेम्बर ३०, २०२१ अर्थात पुष १५, २०७८ मा  हस्ताक्षर भईसकेको बारे त्यहाँको स्टक एक्सचेन्जलाई जानकारी गराएको हो। र आइएफआईसीले यो सूचना आफ्नो वेबसाइटमा प्राइस सेन्सेटिभ इन्फर्मेसन (मूल्य सम्वेदनशील सूचना) भनेर सेयरधनी लगानीकर्तालाई जानकारी गराएको हो। 

तर नेपाल बंगलादेश बैकले भने यस सम्बन्धमा सूचना नत नेपाल स्टक एक्सचेन्ज 'नेप्से' मा जानकारी गराएको छ, नत धितोपत्र बोर्ड वा नेपाल राष्ट्र बैंकमा नै जानकारी गराएको छ। 

नेपाल बंगलादेश बैंकले मात्रै नभई सेयर खरिदको लागि सम्झौता गरेको सँस्थाले समेत यसबारे नेपालको सरोकारवाला नियमन निकायलाई कहीं कतै जानकारी गराएको छैन। 

यसले नेपालका कम्पनीहरु प्राइस सेन्सेटिभ इन्फर्मेसन अर्थात् मूल्य सम्वेदनशील सूचना सम्बन्धमा कति जिम्मेवार छन् भन्ने कुराको एउटा गतिलो उदाहरण देखाएको छ।        

No description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved