निफ्राले यसै वर्ष अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गर्ने लक्ष्य लिएको छ : सीईओ खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 01:33:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बैंकले चालु आर्थिक वर्षमा नै अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गरिसक्ने लक्ष्य लिएको बताएका छन् । साधारणसभामा शेयरधनीले उठाएको जिज्ञासा सम्बोधन गर्ने क्रममा उनले चालु आ.व.मा नै बैंकले अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गरिसक्ने लक्ष्य लिएको बताएका हुन्।

उनले नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकलाई छुट्टै निर्देशन जारी भएको र सोमा समय सापेक्ष संशोधन भैरहेको, विदेशबाट मुलुकमा पूँजी भित्र्याउन मुलक भित्रका नियमनकारी निकाय एवं विभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग नियमित छलफल भैरहेको, हेजिङ्ग लगायतका विषयहरुमा नेपाल सरकार अर्थ मन्त्रालयलाई आवश्यक सुझावहरु दिई नियमित छलफलमा रहिरहेको र चालु आ.व.मा नै बैंकले अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गरिसक्ने लक्ष्य लिएको बताएका हुन् ।

त्यस्तै, बैंकले प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिरहेको र आगामी दिनमा यसलाई निरन्तरता दिने र कर्मचारीहरु नै बैंकको असली सम्पत्ति भएको तथ्यलाई मनन गर्दै कर्मचारीको तालीम तथा वृत्ति विकासमा बैंक सधैं लागिरहने उनले बताए ।

बैंकले नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति लिए सँगै बोनस शेयर सूचिकरण गर्ने प्रकृया थालनी गर्ने एवं शेयरधनी तथा सरोकारवालाहरुसँगको छलफल तथा अन्तरकया समय सापेक्ष बढाउँदै लगिने उनले बताए । बैंकले सार्वनजीक निजी साझेदारीलाई मर्त रुप दिन मुल्कका तीनवटै सरकार संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी कार्य गर्न इच्छुक रहेको बताउदै यसलाई मुर्त रुप दिन बैंकले प्रदेश नं. १, नेपाल नगरपालीका संघ लगायतसँग समकझदारी (MOU) गरिसकेको जानकारी गराए ।

ग्रिन बण्ड लगायतका विभिन्न किसिमका बण्डहरु जारी गरी पूँजी जुटाउनको लागि आवश्यक कामहरु भैरहेको बताएका प्रमुख कार्यकारी अधिकृत खतिवडाले बैंकको लागि आफ्नै भवन निर्माणको बारेमा सोधिएको प्रश्नको हकमा सो सम्बन्धमा हालसम्म कुनै ठोस कार्य नभएतापनि शेयरधनीहरुको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्ने बताए। बैंकको प्रशासनिक खर्च कम गर्न बैंक चनाखो रहेको जानकारी गराउदै उनले  शेयरधनीहरुले वार्षिक प्रतिवेदनमा औल्याउनु भएका गल्ती कमजोरीहरु आगामी दिनमा सुधार गर्दै जाने बताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved