नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, संचालकमा अप्सरा उप्रेती निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 05:32:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न भएको छ । बैंकले आज पुस २० गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा २८औँ वार्षिक साधारण सभा गरेको हो  । सभाले बैंकको आ.व. २०७७÷७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७÷७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनश शेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । 

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७÷७८ को वित्तीय विवरण सहितको एकीकृत  वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

उक्त साधारणसभाले आ.व. २०७८÷७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved