सिद्धार्थ बैंकद्वारा मारवाडी सेवा समितिलाई १५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 05:53:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले काठमाडौंको फसिकेब मार्ग स्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले  डायलाइसीस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्व अन्र्तगत रु. १५ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्ने जनाएको । मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्र सगँको प्राविधिक सहयोगमा गौशाला स्थित श्री पशुपति गौशाला धर्मशालाबाट  उक्त सेवा प्रदान गर्नेछ ।

बैंकले पु¥याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाइ सधैँ आफ्नो उच्च प्राथमिकता र निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved