एनसेल मार्फत एनआईसी एसिया बैंकको एप र वेबसाइट चलाउँदा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 06:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबर्द्धन गर्नका लागि मोबाइल सेवा प्रदायक कम्पनी ऐनसेलसँग सहकार्य गरेको छ। यस संगै बैंकको एप, वेबसाइट, इन्टरनेट बैंकिङ सेवा र इन्टरनेट प्रयोग हुने अन्य प्रडक्ट एनसेल मार्फत निःशुल्क चलाउन सकिने बैंकले जनाएको छ।

बैंकले NIC ASIA MoBank एप, इन्टरनेट बैंकिङ iServe, बैंकको वेबसाइट, र  इन्टरनेट बैंकिङ  अन्तर्गतको अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू  एनसेल मार्फत निशुल्क चलाउन सकिने बैंकले जनाएको छ ।

बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved