नेपाल बैंकद्वारा सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 08:51:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्न सफल बिद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग किर्तिपुरबाट स्नातकोत्तर तह उत्तिर्ण रामप्रसाद खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए । 

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्बोत्कृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ ।  कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पदक विजेता राम प्रसाद खरेललाई बधाई ज्ञापन तथा सम्मान गरेका हुन् ।

 कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत  अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंक लिमिटेडको गरिमा बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका छन् । कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विद्यार्थीहरुको लागि प्रेरणाको श्रोत बन्न पुगेको पनि उनले बताए ।

कार्यक्रममा पदक बिजेता विद्यार्थी खरेलले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैक लिमिटेडप्रति हार्दिक आभार व्यक्त गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved