बैंक अफ काठमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2022 | 02:39:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले सेरेन हस्पिटालिटी सर्भिसेजमा छुट पाउने भएका छन्  ।  बैंक र सेरेन हस्पिटालिटीबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १५% छुट पाउने सम्झौता भएको हो ।

 सम्झौता पश्चात् ग्राहकले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ १५% छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ । सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. ले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  

बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट  बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved