विदेशी मुद्राको कारोबार गर्ने बैंकहरुलाई ३०३ पृष्ठको एकिकृत निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2022 | 03:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत परिपत्र २०७८ जारी गरेको छ।

राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुको लागि आज शुक्रबार एकिकृत निर्देशन जारी गरेको हो। 

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७६ तथा सोपश्चात् २०७८ पुस १६ गतेसम्म जारी गरिएका परिपत्र /सूचना एकीकृत गरी  एकिकृत निर्देशन जारी गरेको उल्लेख गरेको छ। 


उक्त एकिकृत निर्देशनमा ३१ विषय समावेश छन् भने एकिकृत निर्देशन ३०३ पृष्ठको रहेको छ  

पुरा एकिकृत निर्देशन हेर्न यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved