हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न, एआइजी पालले जिते ट्रफी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2022 | 05:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले आयोजना गरेको गल्फ प्रतियोगिता २०२२ सम्पन्न भयेको छ।  रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  पौष २३ देखि २४ गतेसम्म स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप विधामा प्रतियोगिता संचालन भएको हो  ।

प्रतियोगितामा एआइजी हरि बहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् भने ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तनले दोश्रो पुरस्कार पाएका छन् । महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएकी छिन् भने सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जित्न सफल भएका छन्।  प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भएका छन् । 

 पुरुष जुनियर तर्फबाट टासी शेर्पा २५ अंकका साथ बिजयी भएका छन् भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भएकी छिन् । यसै गरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जित्दा जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जितेका छन् ।

 पुरस्कार वितरण गर्दै बैंकका अध्यक्ष विजय बहादुर श्रेष्ठले बैंकले विगत देखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताएका छन् ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved