बैंक अफ काठमाण्डूका ग्राहकलाइ द सुशी बार मल्टी फ्युजन कुजिनमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 01:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकहरुले छायाँ सेन्टरमा रहेको द सुशी बार मल्टी फ्युजन कुजिनमा छुट पाउने भएका छन् ।   बैंक र कुजिनबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले कुजिनमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ट १०% छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।  यस कुजिनले काठमाण्डौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  

बैंकले ९४ शाखा , ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved