बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दियो ४ बुँदे निर्देशन, एटिएमको ढोका खुला राख्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 01:52:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिडसँग सम्बन्धित निर्देशन जारी गरेको छ । पछिल्ला केही दिनमा कोभिड-१९ को संक्रमण नयाँ स्वरुपमा फैलँदै गएको र सोही रुपमा नेपालमा समेत संक्रमण फैलने संकेत देखिएकोले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यावसायिक निरन्तरताको समेत सुनिश्चितता गर्नुपर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न ४ बुँदे निर्देशन जारी गरेको जनाएको छ।

राष्ट्र बैंकले देहायका व्यवस्थाहरु अवलम्बन गरी पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न/गराउन निर्देशन दिएको छ।

यस्ता छन् राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :

१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।

२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।

३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित ATM Booth हरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी Sanitzer लगायतका समाग्रीको व्यवस्था गर्ने ।

४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी निश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर Virtual माध्ययमबाट गर्ने व्यवस्था मिलाउने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved