वाणिज्य बैंकहरुले गरे ब्याजदर नबढाउने समझदारी, पुस कै ब्याजले निरन्तरता पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 08:00:52 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले माघ महिनाको लागि ब्याजदर नबढाउने भएका छन्  । वाणिज्य बैंकका सीइओहरुको संगठन 'नेपाल बैंकर्स संघ' ले बिगतकै ब्याजदर यथावत राख्ने समझदारी गरेपछि माघ महिनामा ब्याजदर नबढ्ने निश्चित भएको हो। 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले पुस महिना कै ब्याजदरलाई निरन्तरता दिने समझदारी बनेको बिजपाटीलाई बताए । ब्याज नबढाउने सहमति भएसंगै माघ महिनाको लागि मङ्सिर महिना कै ब्याजदरले निरन्तरता पाउने भएको छ।

बैंकहरुले ब्याज बढाउँदा पनि निक्षेप् नबढेको र ब्याज बढाउँदा लागत मात्र बढ्ने भएकोले पुस महिनाको लागि पनि ब्यादर बढाएका थिएनन् । यस संगै माघको लागि पनि मङ्सिर र पुसमा कायम ब्याजदर नै रहने छ । 

 यस संगै अब माघ महिनाको लागि पनि  बाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम राख्ने छन् ।  १०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्।  

राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने ब्यबस्था गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved