नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 05:26:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

नेपाल बंगलादेश बैंकको संचालक समितिको बैठकले पनि नबिल बैंकसँग मर्जमा जाने निर्णय गरेको छ । दुवै बैंकको संचालक समितिको बैठकले मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेसंगै आज नै २ बैंकबीच मर्जर तथा प्राप्तिको लागि सम्झौता गर्ने बताईएको छ ।

नबिल बैंकले १००:४३ को स्वापमा नेपाल बंगलादेश बैंकलाई गाभ्ने भएको हो । अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले मर्जर पश्चात नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् । यद्यपि यो प्रारम्भिक स्वाप रेसियो र अन्तिम स्वाप रेसियो डिडिए प्रतिवेदन अनुसार हुने छ । मर्जरपछि बैंकको नाम भने नबिल बैंक नै रहने छ । 

नबिल बैंकले यस अघि युनाइटेड फाइनान्सलाई गाभेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved