विफल भयो हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर, संचालकबीच भनाभन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 01:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर विफल भएको छ। हिमालयन बैंकको आजको बार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसंगै मर्जर विफल भएको हो। 

बिशेष प्रस्ताव स्वीकृत गर्नलाई चाहिने ७५ प्रतिशत मत प्राप्त नभएकाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर विफल भएको हो। हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ समुह र कर्मचारी संचय कोषले लिखित रुपमै अहिलेको अवस्थामा मर्जरमा जान नसकिने भन्दै विपक्षमा भोट हालेपछि मर्जर विफल भएको हो। 

झन्डै ३७ प्रतिशत सेयर हिस्सा ओगटेको सँस्थापक सेयरधनीले नै लिखित रुपमा मर्जरको विपक्षमा मत दिएकाले अहिले प्रकृया पुरा गर्नका लागि मात्रै खसेको मतको गणना भएको हो। 

विशेष प्रस्ताव स्वीकृत हुनलाई कम्तिमा ७५ प्रतिशत सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ।

यो पनि: स्वीकृत होला त हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर ? सबैको ध्यान असन्तुष्ट समुहको यी ९ प्रश्नमा

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र कर्मचारी संचय कोषले अहिलेकै अवस्थामा मर्जरमा जाँदा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सानी हुने आधार देखाउदै मर्जरको विपक्षमा मत दिएका हुन्। 

बैंकका अध्यक्ष श्रेष्ठ र कोषले आफुहरु मर्जरको विपक्षमा नरहेको तर अहिलेकै अवस्थामा मर्जर हुँदा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ घाटा हुने आधार देखाउदै आएका छन्। 

बिशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बैकको बार्षिक साधारणसभामा संचालकहरुबीच नै भनाभनको अवस्था देखिएको उत्पस्थित सेयरधनीले बिजपाटीलाई बताएका छन्।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved